Logo

सम्झौताको १० बर्षपछि चिनी उद्योगबाट बिजुली उत्पादन सुरु, एभरेष्ट सुगरको साढे २ मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जोडियो

सम्झौताको १० बर्षपछि चिनी उद्योगबाट बिजुली उत्पादन सुरु, एभरेष्ट सुगरको साढे २ मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जोडियो



काठमाडौं । चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिएको छ । उखु क्रसिङको समयमा चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको १० वर्षपछि कार्यान्वयनमा आएको हो ।

laxmi

पहिलो चरणमा एभरेष्ट सुगर मिलबाट उत्पादन भएको साढे २ मेगावाट विद्यतु राष्ट्रिय प्रसारणलाईनमा जोडिएको सो उद्योगका संचालक एवं नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । ‘हामीले गतहप्ता देखि चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडेका छौं,’ उनले भने, ‘पहिलो चरणमा एउटा मात्रै चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडेका छौं,’ उनले भने, ‘यसले हामीलाई सफलता मिलेको छ अबका दिनमा अन्य उद्योगबाट उत्पादित विजुली पनि क्रमश प्रसारणलाईनमा जोड्दै जानेछौं ।’

चिनी उद्योगहरुले यसपटक उखु क्रसिङ सुरु भएसँगै ३ ओटा चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रसाररणलाईनमा जोड्ने तयारी गरेका थिए । तीनवटै उद्योगले राष्ट्रिय प्रसारण लाईनमा पठाउन तयारी गरेपनि हाल उखु क्रसिङ गर्दै आएको एभरेष्टले मात्रै विजुली बिक्री सुरु गरेको छ । तर, अन्य उद्योगले पनि यहि सिजनमा राष्ट्रियप्रसारण लाईनमा विजुली पढाउने समेत अध्यक्ष अग्रवालले जानकारी दिए ।

चिनी उद्योगबाट उत्पादित बिजुली ग्रीडसम्म लैजान समस्या भएका कारण लामो समयसम्म बिद्युत उत्पादन हुन सकेको थिएन । तर, अहिले विजुली बिक्री गर्ने उद्योगहरुले मुख्य ग्रीडसम्म पुर्याउन प्रसारणलाईन जोडिसकेका छन् ।

यसअघि ६ ओटा ऊखु उद्योगले विद्युत उत्पादन गर्नका लागि आवेदन दिएका थिए । तर, यसपटकको उखु क्रसिङको सिजनमा एभरेष्टले ३ मेगावाट, इन्दुशंकरले ३ मेगावाट र रिलायन्सले २ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रियप्रसारण लाईनमा जोड्ने योजना बनाएका थिए । ‘नेपाली ऊखु उद्योगबाट क्रसिङको समयमा ४० मेगावाट विद्युत उत्पादन हुनेछ,’ अग्रवालले भने, ‘नेपालमा विद्युत कम उत्पादन हुने ड्राई सिजनमा ऊखु उद्योगबाट विद्युत उत्पादन हुने भएकाले सहज रुपमा विद्युत आपूर्ति गर्नसमेत सहज हुने छ ।’ सम्झौता अनुसार चिनी उद्योगीसँग विद्युत प्राधिकरणले प्रति मेगावाट ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्ने छ ।

उखु उद्योगबाट विद्युत उत्पादन भने वाष्पीकरण विधिबाट हुने गरेको छ । चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ । उक्त वाष्पीकरणबाट विद्युत उत्पादन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL