काठमाडौं । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को खपत समयका आधारमा फरक फरक महसुल निर्धारण गरिनेछ, अर्थमन्त्री पौडेलले भने ।
अहिले जुनसुकै समयमा पनि विद्युतको समान महसुल लगाइँदै आएको छ । पिक समयमा धेरै र अन्य समयमा कम महसुल लगाउने गरी सरकारले व्यवस्था गर्न लागेको हो ।