Logo

ब्रोकर कमिसन घटाउन माग गर्दै धितोपत्र बोर्ड घेराउ, सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग

ब्रोकर कमिसन घटाउन माग गर्दै धितोपत्र बोर्ड घेराउ, सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग



काठमाडौं । सेयर लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन माग गर्दै नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।

laxmi

सेयर लगानीकर्ताहरुले शून्य दशमलब २५ प्रतिशत मात्रै ब्रोकर कमिसनको व्यवस्था गर्न माग गरेको छन् । ने

पाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् ।

सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता कार्यान्वयनमा लैजान उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका हुन् ।

अर्थ मन्त्रालयसँगको सम्झौता लगत्तै बोर्डले कमिसन पुनरावलोकनका लागि अध्ययन गर्न गठित समितिले पनि प्रतिवेदन बुझाइ सकेको भन्ने जानकारी आएको भन्दै उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

यस्तै सेयर धितो कर्जाको पुनरावलोकन गर्ने राष्ट्र बैंकको निर्णयमा पनि बोर्डमार्फत ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL