काठमाडौं । सेयर कारोबार बिहीबार असोज २ गतेदेखि सञ्चालनमा आउँने भएको छ । नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सेयर कारोबार बिहीबारदेखि खुला गर्ने निर्णय गरेको हो ।
असोज १ गतेदेखि नै सेयर कारोबार खुला गर्ने तयारी भएको थियो । तथापि, यसदिन सरकारले शोक बिदा दिएकाले २ गतेदेखि मात्रै सेयर कारोबार सञ्चालन गर्ने निर्णय भएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।
यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी थियो । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेदेखि बजार बन्द गरिएको थियो ।