Logo

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने, वाणिज्य बैंकलाई अवसर

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने, वाणिज्य बैंकलाई अवसर



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकलाई आज शुक्रबार भदौ २० गते देखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ ।

बैंकहरुले भदौ २५ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प्रस्ताव पेश गरिसक्नु पर्नेछ । बोर्डले ‘नेपाल धितोपत्र बोर्डको लगानी सम्बन्धी नीति २०६७’ अधिनमा रही १ वर्षका लागि मुद्दतिमा लगानी गर्न लागेको हो । यद्यपि, कति रकम मुद्दतिमा राख्ने भनेर चाहिँ धितोपत्र बोर्डले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्