Logo

शिखर इन्सुरेन्सको एजीएम चैत ९ गते हुने, के–के छन एजेण्डा ?

शिखर इन्सुरेन्सको एजीएम चैत ९ गते हुने, के–के छन एजेण्डा ?



काठमाडौं । शिखर इन्सुरेन्सले चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा शिखर इन्सुरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

laxmi

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानी र्तालाई कुनै पनि लभांश नदिने भएको छ। यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL