काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री नियुक्त गरेको छ। नवनियुक्त मन्त्रीहरूले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी र पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्।
शपथ ग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासको प्राङ्गणमा विशेष टेन्ट टाँगेर तयार गरिएको मञ्चमा सम्पन्न भएको थियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमान सिंहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गर्ने कार्यतालिका छ ।