Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा ३ अर्ब बढीको कारोबार, जलविद्युत कम्पनीका सेयरमा देखियो आकर्षण

सेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा ३ अर्ब बढीको कारोबार, जलविद्युत कम्पनीका सेयरमा देखियो आकर्षण



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार सेयर बजार मापक परिसूचक नेप्से १४.८१ प्रतिशतले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ । यसैगरी, आज कारोबार तीन अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

laxmi

आइतबार सेयर बजारमा तीन जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थीस्टार जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रशितले बढेको छ । यसैगरी, अपर साँङ्गे जलविद्युत कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत र माउन्टेन इनर्जी ९.७४ प्रतिशत बढेको छ । कारोबारमा आएका २७१ कम्पनी मध्ये १ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ११७ कम्पनको सेयर मूल्य घटेको छ ।

आइतबार कारोबारमा आएका उपसमूह मध्ये चार उपसमूहको सेयर मूल्य घटेको छ भने बाँकी ९ उपसमूहको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । आज २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ९५ हजार ९ सय ६५ पटका कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर खरिद बिक्री भएको छ ।

नेपाल लाइफको कम्पनीको १९ लाख ४८ हजार ५ सय ३८ कित्ता प्रमोटर सेयर ५८ करोड ४५ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छ । यसैगरी सबैभन्दा धेरै कारोबार हुने दोस्रो कम्पनी घोराही सिमेन्ट रहेको छ । यस कम्पनीको २३ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ४६ हजार ८ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL