Logo

दोहोरो अंकले घट्यो नेप्से, करोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, करोबार रकममा पनि गिरावट



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन नेप्से परिसुचक दोहोरो अंकले घटेको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच भएको छ ।
यसदिन ४ अर्ब ४३ करोड ८२ दाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ यो सोमबारको भन्दा कम हो ।

सोमबार ५ अर्ब १० करोड ५७ लाखभन्दा धेरैको सेयर किनबेच भएको थियो । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । यसदिन यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २१ कम्पनीको घटेको छ । यसदिन सबैभन्दा धेरै कमाउनेमा हिम स्टार उर्जा कम्पनीका लगानीकर्ता छन् भने धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्