Logo

साउनमा ३ खर्बको सेयर किनबेच, यी हुन् सबैभन्दा धेरै सेयर किनबेच गर्ने ५ ब्रोकर

साउनमा ३ खर्बको सेयर किनबेच, यी हुन् सबैभन्दा धेरै सेयर किनबेच गर्ने ५ ब्रोकर



काठमाडौं । साउन महिनामा करिब ३ खर्बको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्चेन्जको तथ्यांकअनुसार साउन महिनामा सञ्चालनमा रहेका ९२ ब्रोकरमार्फत २ खर्ब ८९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यो २०८१ को साउन महिनाको तुलनामा ३०.७५ प्रतिशतले कम हो । २०८१ को साउनमा ४ खर्ब १८ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

साउन महिनामा सबैभन्दा धेरै सेयर कारोबार गर्नेमा नासा सेक्युरिटीज रहेको छ । यो महिना यस ब्रोकरले १८ अर्ब ७८ करोड ४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर बेचेको छ भने १८ अर्ब ५२ करोड ७५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनेको छ । त्यस्तै, दोस्रो धेरै सेयर किनबेच गर्नेमा भिजन सेक्युरिटीज रहेको छ । यसले १२ अर्ब १५ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको सेयर बेचेको छ भने ११ अर्ब ४४ करोड ३८ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनेको छ ।

तेस्रो धेरै सेयर किनबेच गर्नेमा इम्पेरियल सेक्युरिटीज रहेको छ । यसले ११ अर्ब ९१ करोड १९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर बेचेको छ भने १० अर्ब ७६ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनेको छ । चौथोमा सनि सेक्युरिटीज रहेको छ । यसले १० अर्ब ७५ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर बेचेको छ भने १० अर्ब ९२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनेको छ ।

पाँचौंमा अनलाइन सेक्युरिटीज रहेको छ । यस ब्रोकरले ९ अर्ब ७५ करोड ६१ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर बेचेको छ भने ९ अर्ब ३५ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनेको छ ।

प्रतिक्रिया दिनुहोस्