Logo

बुधबार नेप्सेमा ४७ अंकको वृद्धि, कारोबार रकममा उच्च सुधार

बुधबार नेप्सेमा ४७ अंकको वृद्धि, कारोबार रकममा उच्च सुधार



काठमाडौं । बुधबार नेप्से परिसुचक ४७.४४ अंकले बढ्न पुगेको छ । मंगलबारदेखि बढ्न सुरु गरेको बजारले बुधबार पनि उक्त वृद्धिलाई निरन्तरता नेप्से परिसुचक १ हजार ९८१ अंकमा पुगेर अडिएको छ ।

laxmi

दोहोरो अंकले बढेको बजार सबै उपसमुहका परिसुचकहरु बढ्न पुगेका छन् । जसमध्ये सबैभन्दा बढी फाईनान्स समुहको परिसुचक ५.९३ प्रतिशतले बढ्दा व्यापार समुह ५.७५ प्रतिशतले उकालो लागेको छ ।

बुधबार बजारमा विकास बैंक, जलविद्युत, अतिरक्तिलगायतका समुहको परिसुचकहरु उच्च रुपमा बढ्न पुगेका छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक समेत १.८६ प्रतिशतले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि समेत उच्च वृद्धि भएको छ । मंगलबार ९२ करोड रुपैयाँमा सीमित भएको कारोबार रकम बुधबार बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जसमा २२७ कम्पनीको ४६ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL