Logo

धितोपत्र बोर्डको अध्यक्षमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व : इन्साइडर ट्रेडिङमा फौजदारी मुद्दा, प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नसक्ने

धितोपत्र बोर्डको अध्यक्षमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व : इन्साइडर ट्रेडिङमा फौजदारी मुद्दा, प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नसक्ने



काठमाडौं । सेयर कारोबारसम्बन्धी इन्साइडर ट्रेटिङमा अब फौजदारी मुद्दा लाग्ने भएको छ । संसदमा पेश विभिन्न ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन २०६३ मा दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लेखित कसूरसम्बन्धी मद्दामा नेपाल सरकार वादी हुने र त्यस्तो मद्दा मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसूची–१ मा समावेश भएको मानिने उल्लेख गरिएको छ ।

सोहीअनुरुप हालको धितोपत्र सम्बन्धी मौजुदा ऐनमा दफा ९१ मा भित्री कारोबार, दफा ९४ मा रहेको झुट्टा कारोबार तथा दफा ९५ मा मूल्यमा उतार चढाव गराउने कारोबार, दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, दफा ९७ मा झुक्याउने कारोबारबारे, दफा ९८ र ९९ मा जालसाजीयुक्त कारोबार र दफा १०० मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार बारेको ब्यबस्था छ ।

अबका दिनमा उक्त कारोबार गरेको खण्डमा उक्त कसुरलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ मा कारबाही गरिने भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता अनुसाय अबका दिनमा त्यस्ता मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न सक्ने छ ।

यसैगरी अबका दिनमा धितोपत्र बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधिले समेत अध्यक्षको रुपमा काम गर्न सक्ने छ । बोर्डको बाहलावा अध्यक्षलाई नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम व्यवस्था उक्त विद्येयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This