Logo

फाइनान्स र विकास बैंकले बजार उचाल्दा अतिरिक्त र व्यापारको साथ, कारोबार रकममा देखियो सुधार

फाइनान्स र विकास बैंकले बजार उचाल्दा अतिरिक्त र व्यापारको साथ, कारोबार रकममा देखियो सुधार



काठमाडौं । एक हप्ताको गिरावटपछि सोमबार सुधार भएको बजारमा धेरैजसो कम्पनीका सेयर मुल्य उच्च रुपमा बढ्न पुगेका छन् । नेप्सेमा सबै उपसमुहहरु हरियो हुँदा फाइनान्स, विकास बैंक, अतिरिक्त लगायतका समुहको परिसुचकमा उच्च अंकको वृद्धि भएको छ ।

laxmi

सोमबार ५५।८८ अंकले बढेको बजारमा फाइनान्स र विकास बैंक उपसमुहको वृद्धि उच्च भएको छ । जसमा फाइनान्स उपसमुहको परिसुचक ७।३८ प्रतिशतले बढ्दा विकास बैंक उपसमुहको परिसुचक पनि ५।३२ प्रतिशतले बढ्न पुगेको छ । यसैगरी बजारमा सामान्य प्रभुत्व रहेको अतिरिक्त तथा व्यापार समुह समेत उच्च रुपमा बढ्न पुगेको छ ।

उच्च अंकले बढेको बजारमा ३ कम्पनीको सेयर मुल्य बढेर सर्किट हानेको थियो भने आधादर्जन कम्पनीको सेयर मुल्य बढेर सर्किट नजिक पुगेका थिए । तर उच्च अंकले बढेको बजारमा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी रिडी हाईड्रोका लगानीकर्ताले सबैभन्दा बढी ९।९९ प्रतिशत गुमाउन पुगेका छन् ।

बजारमा नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकममा समेत सुधार आएको छ । दिनभर बढेको बजारमा कुल २ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २१५ कम्पनीको ६ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

रकमको आधारमा सोमबार सबैभन्दा बढी २१ करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदा नेपाल लाईफको १२ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी आजैमात्र वित्तीय विवरण प्रकाशित गरेको नेपाल टेलिकमको सेयर मुल्य पनि बढेर ६ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL