Logo

दिनभर उतारचढाव भएको नेप्से अन्तमा बढ्यो, कारोबार रकम घट्दा मनकामनाले हान्यो सर्किट

दिनभर उतारचढाव भएको नेप्से अन्तमा बढ्यो, कारोबार रकम घट्दा मनकामनाले हान्यो सर्किट



काठमाडौं । साताको पहिलो दिन दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले बढ्न पुगेको छ । दिनभर तलभाथि भएको नेप्से बजार बन्द हुँदा १०.२७ अंकले बढ्न पुगेको हो ।

laxmi

आईतबार बढ्दो बजारमा कारोबार रकममा भने गिरावट आएको छ । पछिल्लो समय दैनिक ४ अर्ब रुपैयाँको सेयर खरिदबिक्री हुन थालेको बजारमा आईतबार २ अर्ब ६७ करोड रुपैयाको मात्र सेयर कारोबार भएको छ । जसमा २१९ कम्पनीको ६१ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

अन्तिममा बढेको बजारमा जीवन बीमा बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटन समुहको परिसुचक २।१६ प्रतिशतले उकालो लागेको छ । यसैगरी व्यापार, विकास बैंक, जलविद्युत, अतिरिक्त लगायतका समुहको परिसुचक १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

बजारमा मनकामना स्मार्ट लघुवित्तको सेयर मुल्य बढेर सर्किट हानेको छ । यस्तै तेह्रथुप पावर उपकार लघुवित्तको सेयर मुल्य पनि ९ प्रतिशतभन्दा माथि बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL