Logo

सेयर बजारमा बुधबारे संकट ब्रेक, नेप्से ४१ अंकले बढ्दा सबै परिसुचक हरियो

सेयर बजारमा बुधबारे संकट ब्रेक, नेप्से ४१ अंकले बढ्दा सबै परिसुचक हरियो



काठमाडौं । सेयर बजारमा बुधबार नेप्से परिसुचक घट्दै आएकोमा आज त्यसलाई ब्रेक गर्दै दोहोरो अंकले बढेको छ । बुधबार बजार खुलेदेखिनै उकालो लागेको बजारमा ४०.६८ अंकले बढेर बन्द हुन पुगेको छ ।

laxmi

दोहोरो अंकले बढेको बजारमा सबै उपसुमहहरु बढ्न पुगेका छन् । जसमा सबैभन्दा बढी अतिरिक्त समुह ४.१४ प्रतिशतले बढ्दा विकास बैंक समुह ३.३२ प्रतिशतले फाईनान्स समुहको परिसुचक ३.२९ प्रतिशतले उकालो लागेका छन ।

यसैगरी लगानी समुह २.७६ प्रतिशतले उकालो लाग्दा जलविद्युत र होटल तथा पर्यटन समुहको परिसुचक २.५१ प्रतिशतले बढ्न पुगेका छन् । साथै बजारमा बीमा, बैंकलगायतका समुह पनि बढ्न पुगेको छ ।

बढ्दो बजारमा कारोबार रकम भने २ अर्ब २५ करोड रुपैयाँ मात्र रहेको छ । जसमा २३२ कम्पनीका ४५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL