Logo

साताको पहिलो दिन सेयर बजारमा पहिरो, कारोबार रकम भने ५ अर्ब नजिक

साताको पहिलो दिन सेयर बजारमा पहिरो, कारोबार रकम भने ५ अर्ब नजिक



काठमाडौं । लामो समयदेखि गिरावट आएको सेयर बजार आज साताको पहिलो दिन पनि घटेको छ । प्रिओपनिङमा सामान्य घटेको बजार अन्तिममा भने ४१.४३ अंकले नेप्से परिसूचक २५७२.७३ अकंमा झरेको हो ।

laxmi

दोहोरो अंकले घटेको बजारमा निर्जीवनबीमा बाहेक सबै उपसमूहहरुमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी विकास बैंक समुह र म्यानुफ्याक्चरिङ उपसमूह १४५ अंकले घटेको छ भने जीवन बीमा ९८ अंक र होटल र फाइनान्स समुहमा ६० अंक बढीको गिरावट आएको छ ।

घट्दो बजारमा साताको पहिलो दिन कारोबार रकममा भने सुधार आएको छ । दैनिक कारोबार २ अर्ब रुपैयाँ हाराहारीमा झरेकोमा आइतबार सुधार आउँदै करीब ५ अर्बको हाराहारीमा कारोबार भएको छ ।

आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ । जसमा २६२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ । घट्दो बजारमा जीवन विकास लघुवित्तको सेयर मूल्य बढेर सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL