Logo

दुई दिन घटेको बजार पुनः लयमा फर्कियो, जलविद्युत र विकास बैंकमा लगानीकर्ता झुम्मिदा बैंकिङ समुह घट्यो

दुई दिन घटेको बजार पुनः लयमा फर्कियो, जलविद्युत र विकास बैंकमा लगानीकर्ता झुम्मिदा बैंकिङ समुह घट्यो



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । मंगलबार र बुधबार घटेको बजार बिहीबार ३३.०३ अंकले बढ्न पुगेको हो । बुधबार २९ सय अंकबाट झरेको नेप्से परिसुचक साताको अन्तिम दिन २९३१ अंकमा पुगेर अडिएको छ ।

बजारमा लगानीकर्ताहरुको आकर्षण जलविद्युत, फाइनान्स र विकास बैंकमा बढी देखिएको छ । ती उपसमुहका कम्पनीहरुको लगानीकर्ताहरुको सेयर माग बढी देखिएको छ । यस्तै इन्स्योरेन्स समुहका कम्पनीहरुमा पनि लागनीकर्ताको आकर्षण देखिएको छ ।

यद्यपि बजारमा सबैंभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने नेप्से दोहोरो अंकले बढ्दा पनि घट्न पुगेको छ । यसैगरी बजारमा म्युचुअलफण्ड उपसमुहका पनि सामान्य गिरावट आएको छ ।

बजार बढेपनि कारोबार रकम भने सोही अनुरुप उकालो लाग्न सकेको छैन । यहि हप्ताको आईतबार कारोबार रकम करिव १० अर्ब रुपैयाँ नजिक पुगेपनि साताको अन्तिम दिन अर्थात बिहीबार ५ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२९ कम्पनीको १ करोड ५९ लाख कित्ता सेयर खरिदबिक्री भएको नेप्सेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL