Logo

विशाल ग्रुपको तालमा नाच्दै सेयर बजार, ४५ लाख लगानीकर्ता गुमनाम !

विशाल ग्रुपको तालमा नाच्दै सेयर बजार, ४५ लाख लगानीकर्ता गुमनाम !



काठमाडौं । सेयर बजारसम्बन्धी आफुखुशी खुलेका विभिन्न लगानीकर्ता संघसंगठनले आफुहरुको एउटै आवाज ४० लाखभन्दा बढी लगानीकर्ताको हित रहेको बताउँदै आएका छन् । डिम्याट खाताकै आधारण हेर्ने हो भने पनि अहिले लगानीकर्ताको संख्या ४७ लाख ८१ हजारभन्दा बढी पुगिसकेको छ ।

नेप्से परिसुचक ३२ सय अंकबाट घट्दै २२ सय अंकमा झर्दा धेरै त्यस्ता संघसंगठनले लगानीकर्ताको हितका लागि भन्दै विभिन्न आन्दोलन, धर्ना, जुलुस र नाराबाजी गरे । तर बजारको निरन्तर ओरालो यात्रा रोकिएन । तर सोही समयमा सेयर बजारको ठूलो खेलाडीमध्येको विशाल ग्रुपले भने आफ्नै ब्रोकर नम्बर ४ मार्फत सेयर बिक्री गरिरहयो ।

ठूलो व्यवसायिक घरनाका साथै राज्यको नीति निर्माण तहमा समेत पुहँच भएको उक्त ग्र्रूपले आफुसँग भएको सेयर बिक्री गर्दा नेप्से परिसुचक घट्न पुग्यो भने उसले खरिद गर्न शुरु गर्दा बजार पुनः बढ्न थालेको छ । यो हप्ताको सुरु देखिनै विशाल ग्रुपले ४ नम्बर ब्रोकरमार्फत ठूलो संख्यामा सेयर खरिद गरेको थियो । आईतबारदेखि मंगलबारसम्म उसले बजारबाट सेयर उठाउँदा नेप्से परिसुचक पनि ३ दिनमै १७५ अंकले बढ्न पुगेको छ ।

सरकार तथा अन्य सरोकारवाला निकायले सेयर बजारमा ४० लाखभन्दा बढी लगानीकर्ता रहेको र उनीहरुको हित संरक्षणको लागि काम गर्ने बताईरहँदा नेप्से भने सीमित व्यक्ति वा समुहको स्वार्थमा चल्दै आएको छ । ‘बजार निरन्तर ओरालो लागिरहँदा विशाल ग्रुपले ४ नम्बर ब्रोकरमार्फत सेयर बिक्री गरिरहेको थियो, बजार घट्नबाट रोकिएन,’ अर्का एक ठूला लगानीकर्ताले भने, ‘जब देखि विशाल ग्रुपले पुनः ४ नम्बर ब्रोकरमार्फत ठूलो संख्यामा खरिद गर्न थाल्यो बजार बढ्न शुरु गरेको छ ।’ साथै ४ नम्बर ब्रोकरमार्फत विशाल ग्रुपले ठूलो कारोबार गर्ने र उक्त ग्रुपको नीति निर्माण तहमा समेत पहुँच भएकाले अहिले उनीहरुले गरिरहेको सेयर खरिदलाई अर्थपूर्ण तरिकाले हेरिएको समेत ती लगानीकर्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL