Logo

तिहारपछिको पहिलो दिन ओरालो यात्रामा नेप्से, अन्तिम समयमा किन सर्किट हान्यो आईसीएफसीको सेयरले ?

तिहारपछिको पहिलो दिन ओरालो यात्रामा नेप्से, अन्तिम समयमा किन सर्किट हान्यो आईसीएफसीको सेयरले ?



काठमाडौं । तिहारपछि पहिलो दिन खुलेको सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजार खुलेको केही समय सामान्य अंकले बढेको बजार त्यसयता ओरालो यात्रा तय गर्दै १९ अंकले घट्न पुगेको छ । बजार बन्द हुन ४ मिनेट बाँकी रहँदासम्म करिव २७ अंकले घटेको बजार छोटो अबधिमा उकासिँदै १९ अंकले मात्र घट्न पुगेको हो ।

laxmi

बजार बन्द हुने अन्तिम समयमा कृतिम रुपमा आईसीएफसी फाईनान्सको मूल्य बढाएर सर्किट लगाँउदा बजार १९ अंकले मात्र घट्न पुगेको थियो । कारोबारको लामो समय सामान्य रुपमा बढेपनि बजार बन्द हुने समयमा सामान्य कारोबारमा आईसीएफसी फाइनान्सको सेयर मुल्यमा सर्किट लगाइएको थियो । बजारमा उक्त सेयरको खेलाडीले मूल्य बढाउनका लागि अन्तिममा समयमा सानो कारोबारमा सर्किटनै लगाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तिहार पछिको पहिलो दिन बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेको छ । जसमा सबैभन्दा बढी विकास बैंक समुह १.२४ प्रतिशतले घटेको छ र बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा समेत १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । बजारमा ब्यापार, होटल, जलविद्युत, माईक्रोफाइनान्स, इन्स्योरेन्स लगायतका समुहको परिसुचक घट्न पुगेको छ । तर घट्दो बजारमा इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र फाइनान्स समुहको परिसुचक भने सामान्य बढेका छन् ।

बजारमा तिहार पछिको पहिलो दिन पनि करिव साढे ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर कुल ४ अर्ब ४२ करोडको सेयर कारोबार हुँदा २३० कम्पनीको ७२ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ

प्रतिक्रिया दिनुहोस्
MBL