Logo

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा सुधार, बैंकबाहेक सबै समुहको परिसूचक हरियो

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा सुधार, बैंकबाहेक सबै समुहको परिसूचक हरियो



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ५५।५० अंकले बढ्न पुगेको हो ।

laxmi

आईतबार बजार बढ्दा कारोबार रकममा पनि सुधार आएको छ । दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको बजारमा आज ७ अर्ब ८२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बजारमा बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । जसमा लगानीकर्ताहरु यस अघिझै जलविद्युत, विकास बैंक, व्यापारलगायत समुहका कम्पनीका बढी आकर्षित भएका छन् ।

बजारमा चन्द्रगिरी, युनाईटेड इन्स्योरेन्सलगायतका कम्पनीले सर्किट हान्दा उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा जलविद्युत क्षेत्र रहेको छ । दिनभर बढेको बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL