Logo

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कारोबार रकममा सुधार, लगानीकर्ताको आकर्षण फाइनान्स, हाइड्रो र विकास बैंकमा

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कारोबार रकममा सुधार, लगानीकर्ताको आकर्षण फाइनान्स, हाइड्रो र विकास बैंकमा



काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बजार खुलेदेखिनै उकालो लागेको बजारमा अन्तमा ८७.६३ अंकले बढेर बन्द हुन पुगेको छ ।

सोमबार बजारमा सबै समुहको परिसुचक बढेको छ । तर, बजार बढ्दा वा घट्दा लगानीकर्ताको आकर्षण भने एउटै समूहमा हुन पुगेको छ । पछिल्लो पटक बजार घट्दा वा बढदा लगानीकर्ताहरुले जलविद्युत, विकास बैंक र माईक्रोफाइनान्स समुहका कम्पनीहरुमा बढि खेल्दै आएका छन् । अघिल्ला दिनहरुमा उच्च अंकले घटेको तीनओटै समुहका परिसुचक आज उच्च अंकले बढ्न पुगेको छ ।

सोमबार बजारमा सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक ७.८१ प्रतशितले बढ्न पुग्यो भने जलविद्युतक समुहको परिसुचक पनि ७.५७ अंकले उकालो लागेको छ । यसैगरी बजारमा विकास बैंक समुह साढे ६ प्रतिशतले बढ्न पुगेको छ । तर, विन्दुगत रुपमा हेर्दा जीवन बीमा समुहको परिसुचक ५३८ अंकले उकालो लागेको छ ।

लामो समयदेखि खुम्चिएको कारोबार रकम सोमबार भने केही उकालो लागेको छ । दिनभर कुल ४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL