Logo

लगानीकर्ता सेयर होल्ड गर्ने मुडमा, दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने ३ अर्बभन्दा कम

लगानीकर्ता सेयर होल्ड गर्ने मुडमा, दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने ३ अर्बभन्दा कम



काठमाडौं । केही दिनयता लगातार घटिरहेको सेयर बजारमा मंगलबार भने सुभार आएको छ । साताको तेस्रो दिन अर्थात मंगलबार नेप्से दोहोरो अंकले बढेको हो । मंगलबार सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ विन्दुमा पुगेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकम भने खुम्चिएको छ । मंगलबार २ सय २३ कम्पनीका ५८ लाख ४२ हजार कित्ता सेयरको किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजारको मात्र कारोबार भएको छ ।

२१ अर्बसम्मको कारोबार भएको सेयर बजारमा अहिले कारोबार रकम घट्नुमा लगानीकर्ताले सस्तोमा सेयर बेच्न नचाहनु रहेको एक लगानीकर्ताले बताए । ‘लामो समय सेयर बजार घटेका कारण लगानीकर्ता सेयर होल्ड गर्न चाहिरहेका छन् । यसले सेयर कारोबार कम हुँदा कारोबार रकम कम देखिएको हो’, ती लगानीकर्ताले भने ।

मंगलबार व्यापार समूहबाहेक अन्य सबै समूहका सेयर मूल्य बढेका छन् । सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी समूहमा भने झिनो सुधार देखियो ।

यस्तै, मंगलबार कारोबार भएकामध्ये सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर, मैलुङखोला जलविद्युत्, सिभिल लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका सेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL