Logo

यस वर्ष दसैँमा अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रा सहज गराउन पहल

यस वर्ष दसैँमा अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रा सहज गराउन पहल



काठमाडौं । यस वर्ष दसैँमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको हो ।

विगतमा चाडपर्वका समयमा सरकारले अग्रिम टिकट खुलाउँदै आएको थियो । तर यस वर्ष भने विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार विद्यालयहरू बन्द भइसकेकाले धेरै नागरिक पहिले नै घर जान थालेका छन् । त्यसैले अग्रिम टिकट आवश्यक नपर्ने भन्दै बुकिङ नखोल्ने सहमति भएको उनले जानकारी दिए ।

महानिर्देशक पोखरेलले अग्रिम बुकिङ नखोले पनि यात्रुहरुलाई दसैँ अवधिभर यातायात सहज हुने विश्वास दिलाएका छन् ।

हरेक वर्ष जस्तै यसपटक पनि राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्ला र गाउँतर्फ लाखौँ मानिस घर फर्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्