Logo

जलविद्युत र विकास बैंकमा लगानीकर्ताको लुकामारी, कोरोना प्रभावित होटलमा आकर्षण घट्दो

जलविद्युत र विकास बैंकमा लगानीकर्ताको लुकामारी, कोरोना प्रभावित होटलमा आकर्षण घट्दो



काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु जलविद्युत र विकास बैंकमा खरिदबिक्री चाप बढाइरहेका छन् । केही दिनयता यि दुवै समुहमा उच्च वृद्धि तथा सोही अनुरुपको उच्च गिरावट आईरहेको छ ।

laxmi

केही दिन लगातार बढेको विकास बैंक समूहको पसिुचकमा आईतबार उच्च गिरावट आएको थियो । आईतबार बजारमा विकास बैंकका सेयरको बिक्री चाप ल्याएका थिए । मौद्रिक नीतिको प्रभावलाई देखाएर आईतबार शुरुवाती चरणमा बजारमा उच्च गिरावट समेत आएको थियो । तर अन्तिममा बजार केही सम्हालिएको थियो ।

तर, सोमबार बजारमा विकास बैंक र जलविद्युत समुहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ । आईतबार सबैभन्दा गिरावट आउने कम्पनीको शिर्ष स्थानमा जलविद्यत कम्पनीको सेयर रहेकोमा आज सबैभन्दा बढ्नेमा जलविद्युत कम्पनीका सेयर रहेका छन् । सोमबार जलविद्युत समुहका ३ ओटा कम्पनीले सर्किटनै हानेका छन् भने रुरु, हुर्जा, युनिभर्सल पावर लगायका कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण रहेको छ ।

यसैगरी बजारमा बीमा, उत्पानमुलक लगायतका समुहको कम्पनीमा पनि आकर्षण देखिएको छ । पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत र विकास बैंकमा उच्च मूल्य बढाउने तथा घटाउने खेलमा लागेको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

तर पछिल्लो समय बजारमा होटल तथा पर्यटन लगायतका समुहको कम्पनीमा भने लगानीकर्ताको आकर्षण त्यति देखिएको छैन । कोरोना पछिको लकडाउनका कारण पर्यटन क्षेत्रलाई बढि असर गर्दा नेप्सेमा सूचिकृत होटलहरुले पनि लामो समयसम्म लगानीकर्तालाई प्रतिफल नदिने तथा बन्द अवस्थामा रहँदा बार्षिक रुपमा घाटा मात्रै बढ्दै जाने भएका कारण होलटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण नदेखिएको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । सोही अनुरुप आज आरेन्टियल होटल, तारागाउँ, चन्द्रगिरी लगायतका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण लगातीकर्ताहरुले बजारमा उच्च गिरावट आउने बताईरहँदा ठिक त्यसको विपरित बजार धानिन पुगेको छ । सोमबार नेप्से ५.७२ अंकले बढेर बन्द हुन पुगेको थियो । सोमबार १५ अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २२७ कम्पनीका २ करोड ४६ लाख कित्ता सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL