Logo

लगानीकर्ता खुल्न नसकेको सेयर बजार, बैंक र ठूला लगानीकर्ता बाहिरिदा साना लगानीकर्ता सकसमा

लगानीकर्ता खुल्न नसकेको सेयर बजार, बैंक र ठूला लगानीकर्ता बाहिरिदा साना लगानीकर्ता सकसमा



काठमाडौं । साताको ४ दिनसम्म लगातार ओरालो लागेको नेप्से परिसुचक अन्तिम दिन अर्थात बिहीबार दोहोरो अंकले बढ्न पुग्यो । लगानीकर्ताको आंकलन विपरित लगातार ओरालो लागेको बजार साताको अन्तिम दिन करिव २४ अंकले बढ्दा केही राहत महशुस गरेका छन् । तर, साताको अन्तिम दिन परिसुचक बढेपनि कारोबार नबढ्दा त्यसले थप तनाव सिर्जना गरेको छ ।

laxmi

साताको अन्तिम दिन कारोबार खुलेदेखि नै बजारले उकालो गति तय गरेको थियो । तर बजारमा परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेन । केही हप्ताअघिसम्म दैनिक १८÷२० अर्ब रुपैयाँ अर्ब हाराहारीमा कारोबार भइरहेको सेयर बजारमा अहिले खुम्चिएर ५ अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

पछिल्लो समय बजारबाट बैंक तथा वित्तीय संस्था तथा सोही अनुरुप ठूला लगानीकर्ताको लगानी बाहिरिएको र बढ्दो बजारमा साना लगानीकर्ताको प्रवेश बढी हुँदा अहिले बजार घट्दा त्यस्ता लगानीकर्ता समस्यामा परेका सम्बद्ध लगानीकर्ताहरुले नै बताउँछन् । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरमा सर्टटर्म ट्रेडमा लगानी गर्न रोक लगाएको २ हप्तासम्म बजार लगानीकर्ताको सोच विपरित झन बढ्यो,’ एक लगानीकर्ताले भने, ‘बढ्दो बजारमा बैंक तथा वित्तीय संस्था र केही चलाख लगानीकर्ताले आफुसँग भएको सेयर बिक्री गरेर निस्किए तर बजारब बढ्ने आशमा प्रवेश गरेकाहरु अहिले समस्यामा परेका छन् ।’

पछिल्लो समय बढ्दो बजारमा साना लगानीकर्ताहरुको बढि प्रवेश भएको र उनीहरु घाटामा सेयर बिक्री गर्न पनि नसक्ने र थप सेयर खरिद गरेर प्राईस एभ्रेरेजिङ पनि गर्न नसक्ने अवस्थामा रहेका कारण बजारमा कारोबार रकम ह्वात्तै घट्न पुगेको हो । ‘अहिले ठूलो मात्रामा सेयर खरिदबिक्री गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्नबाट वञ्चित छन् भने केही चलाख लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेका छन्,’ ती लगानीकर्ता बताउँछन्, ‘जबसम्म उनीहरुको प्रवेश हुँदैन तबसम्म बजारमा कारोबार रकमले लगानीकर्तालाई पेनिक बनाईरहन्छ ।’

साताको अन्तिम दिन २४ अंकले बढेको बजारमा कारोबार रकम ५ अर्ब रुपैयाँ पनि पुग्न सकेन । बिहीबार नेप्से बढि प्रभुत्व जमाएको बैंक, विकास बैंक लगायतका समुहको परिसुचक बढ्दा बजारमा केही सुधारको संकेत देखिएको थियो । तर त्यसलाई साथ दिने कारोबार रकमनै नबढ्दा त्यसले झनै दुविधा सिर्जना गरेको लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL