Logo

थामिएन सेयर बजार, कारोबार रकमले साथ छोड्दा दबाबमा लगानीकर्ता

थामिएन सेयर बजार, कारोबार रकमले साथ छोड्दा दबाबमा लगानीकर्ता



काठमाडौं । बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । गतहप्ताबाट लगातार ओरालो लागेको बजार मंगलबार ठूलो उतारचढाव आउँदै उच्च रुपमा बढ्न पुगेको थियो । मंगलबारको उतारचढावकोबीच उच्च अंकले बढेको बजारमा कारोबार रकमले साथ नदिँदा लगानीकर्ताहरुले त्यति सहज रुपमा लिएका थिएनन् ।

laxmi

तर, बुधबार बजार खुलेको केही समयदेखि नै ओरालो लागेको बजारमा ५० अंकभन्दा बढिको गिरावट आई कारोबार रकम समेत थप खुम्चिदा लगानीकर्ताहरुमा थप दबाब सिर्जना भएको छ

। ‘पहिला बजार घट्दा पनि १७÷१८ अर्ब रुपैयाँको सेयर कारोबार हुन्थ्यो त्यसले लगानीकर्तालाई थप आशा जगाउथ्यो,’ एक ठूला लगानीकर्ताले भने, ‘केही समय अघि दैनिक २० अर्ब रुपैयाँको कारोबार हुने गरेको रकम लगाता घट्दै आज ८ अर्ब ३६ करोड रुपैयाँमा सिमित भयो यसले तथा नकारात्मक सन्देश दिएको छ ।’ साथै जसरी लगातार घटिरहेको बजार मंगलबार उतारचढावकाबीच उच्च अंकमा उचालियो त्यसले पनि बजारमा थप अन्यौलता सिर्जना गरेको ती लगानीकर्ताको भनाई थियो ।

बुधबार नेप्से परिसुचक ५३.३८ अंकले घट्दा १६७ कम्पनीको सेयर मूल्य घट्न पुगेको थियो भने बजारमा सबै समुहका परिसुचक ओरालो लागेका थिए । बजारमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक ३८७ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक २८० अंकले घट्न पुगेको थियो । यसैगरी विकास बैंक समुहको परिसुचक १६० अंकले घट्दा बजारमा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा २८.५४ अंकको गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL