Logo

सेयर बजारमा बन्यो अहिलेसम्मकै ठूलो कमाईको कीर्तिमान, एकैदिन मेटाले कमायो पौने ३ खर्ब रुपैयाँ

सेयर बजारमा बन्यो अहिलेसम्मकै ठूलो कमाईको कीर्तिमान, एकैदिन मेटाले कमायो पौने ३ खर्ब रुपैयाँ



काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले यो साता आफ्नो नाममा नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार यस कम्पनीको सेयर २०% भन्दा बढीले बढ्दा एकै झटकामा यसको मार्केट क्याप २०५ अर्ब डलर (करीब पौने ३ खर्ब नेपाली रुपैयाँ) ले बढेको छ ।

laxmi

यो कुनै पनि कम्पनीको बजार पुँजीमा एक दिनमा भएको सबैभन्दा ठूलो उछाल हो । चाखलाग्दो कुरा के छ भने एकै दिन मार्केट क्यापमा सबैभन्दा धेरै गिरावटको रेकर्ड पनि मार्क जुकरबर्गकै कम्पनीको नाममा छ । यहाँ मार्केट क्यापमा एक दिनमा सबैभन्दा ठूलो वृद्धि हुने कीर्तिमान बनाएका कम्पनीहरुको बारेमा चर्चा गरिएको छ ।

मेटा

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म यस सूचीमा पहिलो नम्बरमा छ । कम्पनीको मार्केट क्याप शुक्रबार २०५.३ बिलियन डलरले बढेको छ । यस कम्पनीमा मार्क जुकरबर्गको १३ प्रतिशत सेयर छ । मेटाले भर्खरै यसको नतिजा जारी गरेका थियो । कम्पनीको नतिजा बजारको अपेक्षाभन्दा धेरै राम्रो थियो । जसका कारण कम्पनीको सेयर मूल्य बढेको हो ।

एप्पल

मेटा अघि एक दिनमा सबैभन्दा धेरै कमाउने रेकर्ड एप्पलको नाममा थियो । नोभेम्बर १० २०२२ आईफोन निर्माता कम्पनीको मार्केट क्याप १९०.९ बिलियनले बढेको थियो । यसबाहेक तीन पटक यस कम्पनीको बजार पुँजी १ खर्ब ५० अर्ब डलरभन्दा बढीले बढेको छ । विश्वकै मूल्यवान कम्पनीको सूचीमा माइक्रोसफ्टपछि एप्पल दोस्रो स्थानमा छ ।

अमेजन

फेब्रुअरी ४, २०२२ मा अमेरिकाको प्रमुख ई–कमर्स कम्पनी अमेजनको मार्केट क्याप १९०.८ बिलियन डलरले बढेको थियो । जेफ बेजोसको यो कम्पनी हाल विश्वको चौथो सबैभन्दा मूल्यवान कम्पनी हो जसको मार्केट क्याप १.७७५ ट्रिलियन डलर छ । यसमा माइक्रोसफ्ट, एप्पल र साउदी आरामको मात्र अगाडि छन् । ग्यारेजबाट सुरु भएको यो कम्पनी संसारको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी हो ।

एनभिडिया

एआई चिप निर्माता एनभिडियाले गत वर्ष मे २५ मा ठूलो फड्को मारेको थियो । त्यस दिन कम्पनीको बजार पूंजी १८४.१ बिलियन डलरले बढेको थियो । यो अमेरिकी कम्पनी ताइवानमा जन्मेका जेन्सेन हुआङले स्थापना गरेका हुन् । आज यो ४१.६३४ ट्रिलियनको साथ विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो । एआईको वृद्धिसँगै विश्वभर चिप्सको माग बढेको छ । जसका कारण यस कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

माइक्रोसफ्ट

विश्वको सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टको मार्केट क्याप मार्च १३, २०२० मा १५०.४ बिलियन डलरले बढेको थियो । गत वर्ष पनि अप्रिल २६ मा कम्पनीको बजार पुँजी १४८.३ अर्ब डलरले बढेको थियो । माइक्रोसफ्ट ३.०५५ ट्रिलियनको बजार पूंजीका साथ विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । यसको स्थापना बिल गेट्सले आफ्ना साझेदारहरूसँग गरेका थिए ।

टेस्ला

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कम्पनी टेस्ला यस सूचीमा छैटौं स्थानमा छ । जनवरी ३, २०२२ मा कम्पनीको मार्केट क्याप १४३.६ बिलियन डलरले बढेको थियो । टेस्लाले इलेक्ट्रिक कारहरू बनाउँछ र संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । ५९८.४५ बिलियन डलरकोको बजार पूंजी रहेको यो विश्वको१ १ औं सबैभन्दा मूल्यवान कम्पनी हो । तर, यो वर्ष अहिलेसम्म कम्पनीको बजार पुँजी २०० अर्ब डलरले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL