Logo

लामो समयको गिरावटपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समुहका परिसुचक हरियो

लामो समयको गिरावटपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समुहका परिसुचक हरियो



काठमाडौं । लामो समयको गिरावट पनि सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा २६.४४ अंकले बढ्न पुगेको हो ।

laxmi

नेप्से दोहोरो अंकले बढ्दा बजारमा सबै समुहका परिसुचकहरु हरियो भएका छन् । जसमा सबैभन्दा बढी विकास बैंक समुह २.६३ प्रतिशतले बढ्दा, होटल तथा पर्यटन १.८१ निर्जीवन बीमा १.७४ प्रतिशत र उत्पादनमुलक समुह १.७१ प्रतिशतले उकालो लागेका छन् ।

बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । मंगलबार दिनभर ४ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार हुँदा २२८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL