Logo

धितोपत्र बोर्डले भन्यो–बैंकलाई ब्रोकर लाईसेन्स दिने कुनै तयारी छैन, प्रादेशिक ब्रोकर लाईसेन्स दिँदै छौं

धितोपत्र बोर्डले भन्यो–बैंकलाई ब्रोकर लाईसेन्स दिने कुनै तयारी छैन, प्रादेशिक ब्रोकर लाईसेन्स दिँदै छौं



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाईसेन्स लिने विषयमा कुनै तयारी नभएको स्पष्ट पारेको छ । पछिल्लो समय बैंकलाई ब्रोकर लाईसेन्स दिन दबाब आएपनि नियामक निकाय बोर्डले भने बैंकलाई नभई प्रादेशिक रुपमा ब्रोकर लाईसेन्स दिएर सेयर बजारको दायरा फराकिलो बनाउने तयारी गरेको छ ।

laxmi

‘हामीसँग सेयर बजारको दायरा फराकिलो बनाएर बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिने विभिन्न उपायहरु छन्,’ बोर्ड स्रोतले बतायो , ‘तसर्थ स्थानीय तहमा ब्रोकर सुविधा पुर्याउनका लागि प्रादेशिक रुपमा ब्रोकर लाईसेन्स खुला गर्ने तयारी गरेका छौं, अहिले बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा कुनै तयारी थालेका छैनौं ।’

केही समय अघि अर्थ समितिले पनि बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा अध्ययन गरेर बोर्ड समक्ष प्रतिवेदन बुझाएको थियो । सोही अनुरुप बैंकलाई ब्रोकर लाईसेन्स दिन इन्साईडर कारोबार रोक्ने कानूनलायतका विभिन्न ११ ओटा विषय पालना गर्नुपर्ने हुन्छ ।

समितिले बुझाएका प्रतिवेदन अनुसार तत्काल बैंकलाई ब्रोकर लाईसेन्स दिन नसकिने भएकाले पनि बोर्डले तत्कालै सेयर बजारको दायरा फारकिलो बनाउन प्रादेशिक रुपमा ब्रोकर लाईसेन्स दिन लागेको हो । हाल प्रादेशिक रुपमा ब्रोकर लाईसेन्स दिने विषयमा आन्तरिक रुपमा तयारी भैरहेको केही समेतभित्रै आवेदन माग गरिने समेत बोर्डले जानकारी दिएको छ ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले पनि नेपालमा सेयर बजारको दायरा फराकिलो बनाएर बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिने बोर्डलाई निर्देशन दिइएको बताए । ‘सेयर बजारको दायरा फराकिलो बनाउने विषय लामो समयदेखि अन्यौलमा रहेका कारण यसलाई चाडो अघि बढाउन बोर्ड समक्ष भनेका छौं,’ उनले भने, ‘हाम्रो कन्र्सन बढीभन्दा बढी जनतालाई सुविधा दिने हो बजारको नियामक निकाय बोर्ड भएकाले कसरी विस्तार गर्दा बढीभन्दा बढी जनता समावेश गर्न सकिन्छ सो विषमा बोर्डले छलफल गरेर ब्रोकर लाईसेन्स खुलाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL