Logo

छदमभेषी नाममा सामाजिक संजालमा अनावश्यक हल्ला फैलाएपछि छानविन गर्न ब्रोकरको माग, छुट्टै संयन्त्र बनाउन नियामकसँग आग्रह

छदमभेषी नाममा सामाजिक संजालमा अनावश्यक हल्ला फैलाएपछि छानविन गर्न ब्रोकरको माग, छुट्टै संयन्त्र बनाउन नियामकसँग आग्रह



कामठाडौं । सामाजिक संजालनमा छदमभेषी नाममा आईडी बनाएर सेयर बजारको बारेमा अनावश्यक हल्ला फैलाउने तथा तल्लो स्तरको गालीगलौजमा उत्रन थालेपनि ब्रोकर एशोसिएशनले त्यस्ता व्यक्तिलाई छानविन गरी कारबाहीको दायरामा ल्याउने माग गरेको छ ।

laxmi

स्टक ब्रोकर एशोसिएशनले एक विज्ञप्ती नै जारी गरेर काल्पनिक, परिचयन नुखल्ने, फर्जिनाम वा असम्बन्धित नाम बाट सामाजिक संजालमा धितोपत्र बजारका विभिन्न निकाय पक्षका संस्था पदाधिकारी वा व्यक्ति विशेषको नाम नै तोकर अनावस्यक हल्ला फैलाउने, तल्लो स्तरको गालिगलौज गर्ने र बिभिन्न कम्पनीको बारमा अनावश्यक हल्ला फैलाएर बजार अस्थिर बनाउने थालेपनि त्यसको छानविन गर्न सम्बद्ध नियामक निकायसँग माग गरेको हो ।

विशेषगरी ब्रोकर एशोसिएशनले त्यस्ता व्यक्तिको बारेमा उजुरी दिनका लागि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित छुट्टै स्थायी संयन्त्रनै बनाउन माग गरेको छ । हाल त्यस्ता व्यक्तिहरुलाई साइबर क्राइम ऐन २०६३ अनुसार कारबाही हुने कानूनी व्यवस्था रहेको भन्दै सोही अनुरुप कानूनी दायरामा ल्याउनुपर्ने समेत ब्रोकरको माग छ ।

साथै पछिल्लो समय विभिन्न कम्पनीको सूचनालाई गलत गरिकाले सामाजिक संजालमा प्रचार गरी साधारण लगानीकर्तालाई अन्यौलमा पार्ने काम गरेको भन्दै यस्ता विषयमा समेत छानविन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL