काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब नाफा काएका छन् । साउन मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो गत आर्थिक वर्षको साउन महिनाको तुदनामा ८.६४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा नबिल बैंक रहेको छ । यसले ७१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो साउन महिनाको तुलनामा ११ बैंकको नाफा घटेको छ भने ९ बैंकको बढेको छ ।
