Logo

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै

असुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भएको छ । पछिल्लो केही सयम यता नेपाली अर्थतन्त्रमा देखिएको आार्थिक मन्दीको कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि हुँदै गइरहेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको कारण लामो समयदेखि देशमा उधोग व्यवसायमा समेत असर परेको छ । जसको कारण ऋणीले कर्जा तिर्न नसक्दा चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा थप बढ्ने आँकलन बैंकह्रुले गरेका छन् ।

laxmi

राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराम पोखरेलका अनुसार अहिले पनि अर्थतन्त्रमा समस्या कायम नै रहेका कारण तत्कालै बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा सुधार आउने सम्भावना न्यून छ । यसैकारण चालू आर्थिक वर्षको अन्त्यसम्ममा खराब कर्जाको प्रतिशत केही बढ्न पनि सक्ने उनी बताउँछन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत चैत महिनासम्मको लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको थियो । तर, राष्ट्र बैंकले दिएको उक्त सुविधा सकिदा बैंकहरुको खराब कर्जा आउँदा दिनमा अझ धेरै देखिने जानकारहरु बताउँछन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा लागू गरेको थियो । केन्द्रीय बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीका लागि यस्तो सुविधा ल्याएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्यबाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवं स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, इँटा–ब्लक, पाइप्स एन्ड फिटिङलगायतका उद्योगमा प्रवाहित कर्जासमेत) क्षेत्रसँग सम्बन्धित कर्जा पुनर्तालिकीरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था थियो । तर, उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी यस्तो सुविधा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना ०८० चैत मसान्तभित्र गरिसक्ने उल्लेख थियो । विस ०८१ असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाइने केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशनमा उल्लेख छ । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएपछि ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ । यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा वर्गीकरण गर्नुपर्ने पनि राष्ट्र बैंकको व्यवस्था छ । जसअनुसार ऋणीले कर्जाको पुनर्संरचना गरिरहेका थिए । यसकारण अहिले बैंकहरुको खराब कर्जा केहि कम देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको खराब कर्जा (एनपिएल) औसत ३.६३ प्रतिशत रहेको छ भने, खुद खराब कर्जा (नेट एनपिएल) १.१३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, यस अवधिमा विकास बैंकतर्फको खराब कर्जा ३.६१ प्रतिशत रहेको छ ।

चालु आवको दोस्रो त्रैमासम्म वित्त कम्पनीको खराब कर्जा ६.२६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरेका छन् । यसलाई नन पर्फमिङ लोन (एनपिएल) पनि भनिन्छ । पछिल्लो केहि समययता वाणिज्य बैंक, विकास बैंकसँगै फाइनान्स कम्पनीको पनि खराब कर्जा बढ्दो अवस्थामा रहेको छ । नेपाल राष्ट्र बैंकले निगरानी गर्ने ‘क’ वर्ग र ‘ख’ वर्षको वित्त संस्थाभन्दा ‘ग’ वर्गको वित्त संस्थाको खराब कर्जा धेरै रहेको छ । यसैगरी, हाल सञ्चालनमा रहेका ५७ वटा लघुवित्तको खराब कर्जा औसत ६.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL