Logo

बैंक संचालनमा महिलालाई प्राथमिकता, अब दुई महिला संचालक हुनैपर्ने, अध्यक्षको कार्यकाल हट्यो

बैंक संचालनमा महिलालाई प्राथमिकता, अब दुई महिला संचालक हुनैपर्ने, अध्यक्षको कार्यकाल हट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक संचालनमा महिलालाई प्राथमिकता दिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्दै अबका दिनमा बैंकमा दुई जना महिला संचालक हुनुपर्ने व्यवस्था गरेको हो ।

laxmi

यसअघि बैंक तथा वित्तीय संस्थामा महिला संचालकको बाध्यकारी व्यवस्था नभएपनि वाफियालाई संसोधन गर्दै दुई जना महिला संचालकको अनिवार्य व्यवस्था गरिएको हो । जस अनुसार महिला सेयरधनी रहेको बैंक तथा वित्तीय संस्थाको संचालकको नियुक्ती गर्दा कम्तीमा एक जना महिला संचालक हुनेगरी नियुक्त गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थामा महिलाको प्रतिनिधित्व गराउनका लागि उक्त व्यवस्था गरिएको उक्त विद्येयकमा उल्लेख गरिएको छ । अहिले सबै बैंक तथा वित्तीय संस्थामा महिला सेयरधनी रहेका छन् ।

यसैगरी राष्ट्र बैंकले स्वतन्त्र संचालकको संख्या बढाएर त्यसमा पनि एक जना महिला सदस्य अनिवार्य गरेको छ । यसअघि एक जना मात्रै स्वतन्त्र संचालक रहने व्यवस्था रहेकोमा अब दुई नियुक्त गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ । जसमध्ये एक जना महिला अनिवार्य गरिएको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अध्यक्षको कार्यकाल समेत हटाएको छ । यसअघि निरन्तर दुई कार्यकालभन्दा बढी कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालक हुन नपाईने व्यवस्था रहेकोमा वाफियालाई संसोधन गर्दै उक्त व्यवस्थालाई हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL