Logo

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि दरखास्त आह्वान, आगामी १५ दिनसम्म आवेदन दिन सकिने

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि दरखास्त आह्वान, आगामी १५ दिनसम्म आवेदन दिन सकिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित समितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

laxmi

आगामी १५ दिन भित्र अर्थात् फागुन ३० गतेसम्म आवेदन दिन सकिने गरी समितिले सार्वजनिक सूचना जारी गरेको छ । यसअघि समितिले मंगलबार मात्रै बोर्ड अध्यक्ष नियुक्तिको सिफारिस कार्यविधि सार्वजनिक गरेको थियो ।

सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गत माघ ५ गते मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिले बोर्डको अध्यक्ष सिपmारिसको लागि मापदण्ड तयार गरेको हो । सेबोनको अध्यक्ष बन्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरको अनुभव हुनुपर्ने छ ।

यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL