Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ५ अर्ब २९ करोड

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ५ अर्ब २९ करोड



काठमाडौं । साताको तीन कारोबार तगातार बढेको सेयर बजार चौथो कारोबार दिन बुधबार भने घटेको छ । बुधबार सेयर बजार माकप नेप्से सूचक २२.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा झरेको छ ।

laxmi

यस अघिका कारोबार दिन नेप्से सूचक आइतबार १०.३७ अंकले, सोमबार १०.२६ अंकले र मंगलबार १४.८८ अंकले बढेको थियो । बुधबार सेयर बजारमा ५ अर्ब २९ करोड ५६ लाअ ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएको १३ उपसमूह मध्ये एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्य घटेको छ । आज उत्पादन तथा प्रशोधन कम्पनी उपसमूहको सेयर मूल्य बढेको हो । यस उपसमूहको सेयर मूल्य ०.१४ प्रतिशतले बढेको छ ।

बुधबार ३ सय १३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ९५ हजार ६४५ पटक किनबेच भएको छ । कारोबारमा आएको २९ कम्पनीकोमात्र सेयर मूल्य बढेको छ । जसमध्ये दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL