Logo

अब सेयर कारोबार गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य, नेप्सेले दियो यस्तो निर्देशन

अब सेयर कारोबार गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य, नेप्सेले दियो यस्तो निर्देशन



काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ ।

योसँगै अब सेयर कारोबार गर्न नयाँ खाता खोल्ने लगानीकर्तालाई अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएको हो । साथै, हाल आफ्नै टीएमएस प्रयोग गरिरहेका ब्रोकरहरुलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्