काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायबाट प्रदेशको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन्।
श्रावण ९, २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका थिए। उनले आइतबार साँझ पदत्यागको घोषणा गरेका हुन्।
मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट राजीनामा दिएको स्पष्ट पारे। साँझ ६ बजे प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सुशासन हलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक गरे।