काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संस्थाहरुलाई आयकरमा छुट दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, नेपाल सरकार र अमेरिका सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौताअनुसार परियोजनामा संलग्न निर्माण तथा सेवा प्रदायक कम्पनीहरुलाई आयकर छुट दिने व्यवस्था गरिएको हो।
उक्त निर्णय एमसीसी कम्प्याक्टमा उल्लेखित कानूनी दायित्व अनुसार गरिएको बताइएको छ। सम्झौतामा नेपालले कर नलाग्ने व्यवस्था गर्नुपर्ने स्पष्ट प्रावधान रहेको छ।