Logo

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’



काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए सार्वजनिक गरेको छ। लक्जरी इभी सेग्मेन्टमा अग्रणी रहेको दिपल एस०७ को नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

दिपल एस०७ आईसीए अब नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ। यसको एलोइ ह्विललाई अझ आकर्षक बनाइएको छ। यसमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले डब्लुएलटीपी मापदण्ड अनुसार ४१० किलोमिटर रेन्ज प्रदान गर्दछ।

प्रबन्धनिर्देशक विवेक सिकारियाका अनुसार, ‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो।’ उनका अनुसार हालसम्म नेपालमा ९५० वटा दिपल सडकमा गुडिरहेका छन्, जसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ।

नयाँ कनेक्टिभिटी फिचर अन्तर्गत दिपल मोबाइल एपमार्फत प्रयोगकर्ताले कारलाई टाढाबाट कन्ट्रोल गर्न सक्छन्। झ्याल खोल्न वा बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न वा लोकेसन ट्रयाक गर्न सकिने सुविधा एपमार्फत उपलब्ध हुनेछ। साथै, यसमा ४जीर५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप सपोर्ट, एमेजन म्युजिक, स्पटिफाइ र लाइभ नेभिगेसन जस्ता सुविधा समावेश छन्।

यस कारमा प्रयोग गरिएका अत्याधुनिक प्रविधिहरू जस्तै ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर, फ्लस ह्यान्डल र १।९ स्क्वायर मिटरको पानोरामिक ग्लास रुफले प्रिमियम क्याबिन अनुभव प्रदान गर्ने बताइएको छ।

यसको लन्चसँगै ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर सार्वजनिक गरिएको छ, जसअनुसार दिपल ग्राहकले पाँच वर्षसम्म बीमा, मर्मत, बिजुली खर्च तथा सडक कर तिर्नु नपर्नेछ।

नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ग्राहक योजनामार्फत नेपालमा इलेक्ट्रिक एसयुभी सेग्मेन्टको अग्रस्थानलाई अझ सुदृढ बनाउने एमएडब्लु वृद्धिको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्