Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार साढे ७ अर्ब माथि

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार साढे ७ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ ।

laxmi

आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूह मध्ये ११ उपसमूहको सेयर मूल्य घटेको छ । आज बैंकिङ समूहको २.४२ प्रतिशत, विकास बैंक समूहको २.६१ प्रतिशत, फाइनान्स समूहको २.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आइतबार ३ सय ८ कम्पनीको २ करोड २८ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको ६४ कम्पनीको सेयर मूल्य बढेको भने १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, हिमाल दोलाखा हाइड्रोपावरको २२ करोड ९१ लाख रुपैयाँ, अपि पावरको २० करोड ८२ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको २० करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL