Logo

१० कित्तेका कारण जस्तो कम्पनीको पनि आईपीओ भरेर दोस्रो बजारमा छिर्दा लगानीकर्ता फसे : सेबाेन अध्यक्ष हमाल

१० कित्तेका कारण जस्तो कम्पनीको पनि आईपीओ भरेर दोस्रो बजारमा छिर्दा लगानीकर्ता फसे : सेबाेन अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको बताएका छन् । बुधबार नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १० कित्ते नीतिका कारण अन्य लगानीकर्ताहरु फस्ने काम भएको बताएका हुन् ।

laxmi

‘१० कित्ते नीतिका कारण कम्पनीको अवस्था नहेरी आईपीओ भर्दा जस्तो कम्पनीको पनि सेयरमा ओभर सब्स्क्राइव हुन थाल्यो,’ उनले भने, ‘यसैका कारण बजार भोलाटाईल हुन थाल्यो ।’

उनले सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा पनि अन्य लगानीकर्ताहरू फस्ने काम भएको बताएका छन् । अबका दिनमा ब्रोकरले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले नेपालको वित्तीय प्रणाली अब नन कोल्याटर बेस कर्जामा नगएसम्म देशको विकास सम्भव नहुनेसमेत बताएका छन् । उनले पुरानो वित्तीय प्रणालीकै कारण देशले आर्थिक विकासमा फड्को मार्न नसकेको बताए ।

यस्तै उनले एसएमई प्लेटफर्म लागू भएमा नेपालको अर्थतन्त्र ५ वर्षमै ३ गुणाले बढ्ने बताए । कार्यक्रममा नयाँ स्टक ब्रोकर कम्पनीहरुलाई स्वागत गर्दै उनले स्वस्थ प्रतिश्पर्धि कारोबारमा जोड दिन आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा नयाँ धितोपत्र ब्रोकर एसोसिएसन नेपाल का अध्यक्ष सागर ढकालले नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारका माग सम्बोधन नगर्दा लामो समयदेखि सेयरबजारमा गिरावट आएको बताए । उनले यसैका कारण लगानीकर्ताको मनोबल घटेकोसमेत बताएका छन् ।

यस्तो अवस्थामा सेवोन लगायत नियामक निमायहरूले लगानीकर्ता मैत्री वातावरण बनाउन जरूरी रहेको उनको भनाई थियो । डिम्याट खातालाई आधार मान्ने हो भने अहिले ५६ लाख बढी लगानीकर्ता सेयर बजारमा आबद्व छन । तर सरकार र राष्ट्र बैंकले सेयर बजार विरोधी नीतिहरू अबलम्वन गर्दा लगानीकर्ताको बजारप्रतिको विश्वास गुमेको उनको भनाई थियो । उनले अबका दिनमा सेयर बजार मैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्नेमा जोड दिए ।

‘अहिलेको विषम परिस्थितिमा हामी भर्खरै मात्रै धितोपत्र ब्रोकरको नयाँ लाईसेन्स लिएर आएका छौँ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘अबका दिनमा लगानीकर्ता सचेतना कार्यक्रमका साथै बजारको सुदृढीकरणका लागि अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’ उनले उक्त अभियानमा नियामक निकायहरू धितोपत्र बोर्ड, नेप्से र सिडीएससीको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताए ।

हाल नेपालको सेयरबजारमा गैरकानुनी क्रियाकलाप भए भन्ने विषय विभिन्न मिडियामार्फत सुन्दै र पढ्दै आएको बताउँदै बजारमा हुने यस्ता गैरकानुनी क्रियाकलाप रोकी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन नियामकसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL