Logo

बिग डिजिटलको सेवा ग्वार्को कम्प्लेक्सबाट सुरु, ९० भन्दा बढि ब्राण्डका सामान खरिद गर्न सकिने

बिग डिजिटलको सेवा ग्वार्को कम्प्लेक्सबाट सुरु, ९० भन्दा बढि ब्राण्डका सामान खरिद गर्न सकिने



काठमाडौं । बिग डिजिटलले ललितपुरको ग्वार्कोमा मल्टीब्राण्ड सपिङ स्टोरको सुरुवात गरेको छ । नायिका तथा स्टोरकी ब्राण्ड एम्वेस्डर स्वस्तिमा खड्काले ग्वार्को कम्प्लेक्समा बुधबार एक समारोह बीच उक्त स्टोरको उद्घाटन गरेकी हुन ।

laxmi

बिग डिजिटलका प्रमुख कार्यकारी अधिकृत विक्रमेश ओझाले अन्तरराष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उदेश्यले स्टोरको सुरुवात गरिएको बताए । उनले नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपुर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा बिश्वस्त रहेको बताए । उक्त सपिङ स्टोरमा ९० भन्दा बढि अन्तरराष्ट्रिय ब्राण्डका घरायसी सामाग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवाधन लगायतका उत्पादन एउटै छानामुनी उपलब्ध छन ।

ग्राहकले वस्तु खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको साथै शतप्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन । यसका साथै ग्राहकले खरिद गरेको सामानलाई घरमा निशुल्क डेलिभरी र जडानको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

बिग डिजिटलको काठमाडौं उपत्यकामा ४ थप नयाँ ठाँउमा आफना स्टोर विस्तार गर्ने योजना छ । यस्तै कम्पनीले दिर्घकालीन योजना अनुसार देशका ७ ओटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ ।

उदघाटन कार्यक्रममा बोल्दै स्टोरकी ब्राण्ड एम्वेस्डर खड्काले बिग डिजिटलले आफना ग्राहकलाई गुणस्तरिय समान बिक्रि गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरीन ।

प्रतिक्रिया दिनुहोस्
MBL