Logo

ई-कमर्श विधेयक राष्ट्रियसभाबाट पारित

ई-कमर्श विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं । राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।

laxmi

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो । राष्ट्रियसभामा यो विधेयक गएको असार १२ गते नै दर्ता भएको थियो ।

राष्ट्रियसभाबाट परित भएको यो विधेयक अब प्रतिनिधिसभामा पुग्नेछ । प्रतिनिधिसभाबाट पनि पारित भएमा विधेयक लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL