Logo

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो



काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेश्रोे लगानी सम्मेलनको आयोजना गर्यो । पछिल्लो समय लगानीमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी योजना अघि सारेको नेपालले सूचना प्रविधिकै पाटोको रुपमा रहेको इ–कमर्श क्षेत्रलाई भने संरक्षण गर्न नसक्दा नेपाली इ–कमर्श कम्पनी संकटमा परेका छन् ।

laxmi

पछिल्लो समय संकट गहिरिदै जाँदा नेपालमा संचालित कम्पनीहरु भटाभट बन्द भइरहेका छन् । नेपाली स्टार्टअपहरुले संचालनमा ल्याएका र छोटो समयमै ठूलो चर्चा पाएका इ–कमर्श कम्पनीहरु भटाभट बन्द हुँदा सो क्षेत्रमा लगानी भएको करिव २ अर्ब लगानी नै जोखिममा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

खासगरी नेपालमा दराजभन्दा पनि जेठो इ–कमर्श कम्पनी ‘सस्तोडिल’ अप्रत्यक्ष रुपमा करिव ४ बर्षदेखि संकटउन्मुख भएको थियो । यसैक्रममा यसको फेसबुक ह्यान्डल र वेबसाइट गएको माघदेखि बन्द छ । सन २०११ मा संचालनमा आएको कम्पनीले नेपालका केही ठूला घरानासँगै डोल्मा फण्डबाट पनि फण्ड जेनरेट गरेर लगानी विस्तार गरेको थियो । तर, विदेशी कम्पनी अलिवावाको नेपालमा सञ्चालित अर्को कम्पनी दराजमा लगानी भित्रिएपछि कम्पनीको उधोगति सुरु भयो ।

विदेशी लगानीको कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण सस्तोडिल बन्द हुने अवस्थामा पुगेको कम्पनीका सहसंस्थापक अमुन थापाले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । समग्रमा सस्तो डिलमा हालसम्म करिव ८० करोड लगानी भइसकेको थियो । कम्पनी बन्द भएसँगै उक्त ८० करोड लगानी डुबेको लगानीकर्ताहरु बताउँछन् ।

यो मात्रै होइन कोरोना महामारीका बेला एकाएक चर्चामा आएर छोटो समयमै ठूलो व्यवसाय विस्तार गरेको ग्यापु अनलाइन पनि हाल बन्द छ । लकडाउनकै अवधिमा करिव ५ करोड रुपैयाँ लगानी गरेको ग्यापु हाल बन्द भएको छ । खासगरी ग्यापुले भने लगानीको सुरक्षा ग्यारेन्टीको कमीका कारण कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै आएको छ । छोटो समयमै अनलाइन मार्केटमा ठुलो विरासत ठड्याउन खोजेको ग्यापु अनलाइनले भियतनाममा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको थियो । तर, पछिल्लो ४ महिनादेखि ग्यापु बन्दप्राय छ । कम्पनीको फेसबुक पेजमा गएको जनवरीदेखि कुनै अपडेट छैन । यसको वेबसाईट हाल मेन्टेनान्स मोडमा छ ।

यस्तै स्वदेशी अनलाइन सपिङ कम्पनी स्मार्ट डोकोसमेत हाल राम्राेसँग चल्न सकेकाे छैन । सरकारले इ–कमर्श कम्पनीहरुलाई सम्वद्र्धन सट्टा कडाई गर्नेगरी विधेयक ल्याएपछि धेरैजसो इ–कमर्श कम्पनीहरुले आफ्नो व्यवसायबाट विमुख हुनुपरेको उद्योगी व्यवसायी बताउँछन् । सन २०१५ मा संचालनमा आएको यो कम्पनीमा हाल व्यापार नै हुन छोडेपछि सुस्त गतिमा चलिरहेकाे छ ।

यी भए प्रतिनिधि ई कमर्श कम्पनीमात्रै । नेपालमा राम्रो गर्छु भन्दाभन्दा संचालनमा आएका ओके दाम, मेट्रो तरकारी, इसेवा सप, चियर्स रक्सीलगायतका कम्पनीहरु पनि ठूलो लगानी गरी पछाडि फर्केका छन् । यी इकमर्श स्टार्टअपहरु पनि नेपाली बजारमा आफुलाई टिकाउन नसकेर २ देखि ५ बर्षको अन्तरालमा कम्पनी नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ ।

यसरी नेपालमा संचालनमा आएको इ–कमर्श कम्पनीहरु धमाधम बन्द हुँदा यता विदेशी लगानीको कम्पनी दराजले भने यसको फाईदा लुटिरहेको छ । खासगरी पछिल्लो समय देशबाट युवाहरुको पलायन, सरकारी नीतिको अस्थिरतालगायतका कारण सूचना प्रविधि क्षेत्रको एक अंगका रुपमा रहेको इ–कमर्श क्षेत्र धराशायी भइरहेको सरोकारवालाहरु बताउँछन् ।

सोमबार तेस्रो लगानी सम्मेलनको अवसरमा आयोजित ‘आइसीटी अ भाइब्रेन्ट इन्भेष्टमेन्ट प्लाटफर्म’ सत्रमा बोल्दै सरोकारवालाहरुले यो क्षेत्रमा युवा पलायनको असर परिरहेको र यसलाई रोक्नुपर्ने बताएका हुन् । सत्रमा बोल्दै उद्यमी आदित्य झाले नेपालमा बढिरहेको युवा पलायनलाई रोकेर इ–कमर्श क्षेत्रमा मात्रै अग्रसरता दिलाउन सके अर्थतन्त्रलाई सहयोग पुग्ने बताए । सत्रमा नेपालमा रहँदै आएको नीतिगत अस्थिरताले पनि युवा उद्यमीहरुलाई केहि गर्ने हुटहुटी पनि नष्ट भएको सरोकारवालाहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL