Logo

सामसङको ए आइ– इनेबल्ड वासिङ मेशिन बजारमा, यस्तो छ मूल्य र विशेषता

सामसङको ए आइ– इनेबल्ड वासिङ मेशिन बजारमा, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसंगले नेपालमा एआई कन्ट्रोलि विशेषतासहितको वासिङ मेशिन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो २०२२ को नयाँ लाइन अप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेशिनहरु प्रस्तुत गरेको छ । यी नयाँ एआइ एको बब्बल वासिङ मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहितका छन् भने उपभोक्ताहरुको चाहना अनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु छन् ।

२०२२ का वासिङ मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विेशषताहरुयुक्त छन् ।

एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मेशिन लर्निङ प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानि«ङ, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ ।

२०२२ का वासिङ मेशिनहरुमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु र हटाउन सक्षम छ ।

यी मेशिनहरुको शुरुवाती मूल्य ११७,९९० रुपैयाँ कायम गरिएको छ ।
उपभोक्ताहरुलाई एआइ इकोबब्बल वासिङ मेशिनहरुमा १ वर्षको वारेन्टी र डिटिआइ मोटरमा १० वर्षको वारेन्टी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL