काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै इन्स्टा फाइनान्स सेवालाई थप सहज र सरल बनाएको छ। अब ग्राहकहरूले आफ्नो नागरिकताको प्रमाणपत्रका आधारमा सामसङका टिभी तथा होम अप्लायन्सहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेगरी कम्पनीले उक्त नयाँ सुविधा सार्वजनिक गरेको हो ।
यसअघि टिभीको फाइनान्स प्रक्रिया केही सजिलो भए पनि होम अप्लायन्सको लागि थप कागजातहरू आवश्यक पर्ने अवस्था थियो। तर, नयाँ व्यवस्थाअनुसार अब होम अप्लायन्स खरिद गर्दा पनि ग्राहकको नागरिकताको प्रमाणपत्र र २ वटा पासपोर्ट साइजका फोटोसहित फारम भरेपछि एक घण्टाभित्र सामान घर लैजान सकिनेछ।
सामसङ नेपालले जेठ १९ गतेदेखि लागू गरेको यो योजना अन्तर्गत ग्राहकले न्यूनतम ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी रकम १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा तिर्न सक्नेछन्। सेवा मूल्य ३०,००० रुपैयाँ वा सोभन्दा माथिका सामसङ टिभी तथा होम अप्लायन्सहरूमा मात्र लागू हुनेछ।
ग्राहकहरूको पहुँचमा नवीनतम प्रविधिहरू सहज रूपमा पुर्याउने उद्देश्यले ल्याइएको यो योजना हुलास फाइन सर्भिस हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो