Logo

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसि चयन, पूँजी बजार विकास युनियनको साथ

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसि चयन, पूँजी बजार विकास युनियनको साथ



काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्ष राजुबहादुर जिसि चयन भएका छन् ।युनियनको छैठौं विशेष अधिवेशनले जिसिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियनले बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्कालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।
अधिवेशनको उद्घघाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL