Logo

धितोपत्र बोर्डले भन्यो–‘अध्यक्ष विना ब्रोकर कमिशन घटाउन कुनै बैंठक हुँदैन, अहिले स्टेकहोल्डरसँगको छलफलमा छौं’

धितोपत्र बोर्डले भन्यो–‘अध्यक्ष विना ब्रोकर कमिशन घटाउन कुनै बैंठक हुँदैन, अहिले स्टेकहोल्डरसँगको छलफलमा छौं’



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले अध्यक्ष विना ब्रोकर कमिशन घटाउने विषयमा कुनै निर्णय नहुने बताएको छ । हाल बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना अमेरिकामा रहेको र अध्यक्ष आएपछि मात्रै बोर्ड बैंठक बसेर ब्रोकर कमिशन घटाउने विषयमा निर्णय हुन सक्ने बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताए ।

laxmi

‘अहिले हामीले ब्रोकर कमिशनको विषयमा नेपाल स्टक एक्स्चेञ्ज, सीडीएसीलगायत अन्य स्टेक होल्डरसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘अहिले हामीले स्टेकहोल्डरसँग छलफल मात्र गरिहेका हौं तर के गर्ने भन्ने विषयमा अध्यक्षज्यू आउनुभएपछि बोर्ड बैंठक बसेर टुङ्गो लगाउने छ ।’ बोर्डका अध्यक्ष ढुंगाना आगामी हप्ता मात्रै नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।

साथै अहिले नै ब्रोकर कमिशन कति घटाउने वा घटाउन सकिन्छ भन्ने विषयमा समेत कुनै छलफल नभएको उनले जानकारी दिए । ‘हामीले ब्रोकर कमिशन घटाउने विषयमा विभिन्न कोणबाट छलफल गरिरहका छौं,’ उनले भने, ‘तर यसलाई कसरी टुङ्गो लगाउने भन्ने विषयमा अध्यक्षज्यू आउनु भएपछि मात्रै थाहा हुनेछ ।’ साथै, हाल अध्यक्ष ढुंगाना नेपाल बाहिर रहेको र नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य डा. गुणाकर भट्ट समेत पितृशोकमा रहेका कारण अहिले बोर्ड बैंठक बसेर कुनै छलफल गर्न नसक्ने समेत सेबोन स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेप्से अनलाईन ट्रेडिङमा गएपछि ब्रोकर कमिशन उच्च भएको भन्दै लगानीकर्ताहरुले तत्काल घटाउन माग गर्दै बोर्डमै पुगेर धर्ना दिएका थिए भने ज्ञापनपत्र समेत बुझाएका थिए । पछिल्लो समय सेयर कारोबार रकम उच्च भएको र अनलाईमार्फत सेयर खरिदबिक्री गर्दा पनि पुरानै दरमा ब्रोकर कमिशन तिर्नुपर्दा ठूलो आर्थिक भार परेको भन्दै लगानीकर्ताले तत्काल ब्रोकर कमिशन घटाउन दबाब दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL