Logo

सेबोनको अध्यक्ष नियुक्त गर्न कार्यविधि तयार, यस्ता छन मापदण्ड

सेबोनको अध्यक्ष नियुक्त गर्न कार्यविधि तयार, यस्ता छन मापदण्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्नको लागि कार्यविधि तयार भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले मंगलबार बोर्डको अध्यक्ष छनोट गर्न कार्यविधि तयार गरेको हो ।

laxmi

सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गएको माघ ५ गते समिति गठन गरिएको थियो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । धितोपत्र सम्बन्धी ऐन २०ं६३ अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सरकारले उक्त समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सम्मिलित थिए। उक्त समितिले बोर्डको अध्यक्ष सिपmारिसको लागि मापदण्ड तयार गरेको हो । सेबोनको अध्यक्ष बन्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरको अनुभव हुनुपर्ने छ ।

यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सकिने व्यवस्था रहेको छ । सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम देहायको अयोग्यता नरहेकोः भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, ९घ० मानसिक सन्तुलन ठीक नभएकोलगायतका मापदण्डहरु तोकिएका छन् ।

यसअघि तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ । अब समितिले अध्यक्ष छनोटको लागि विज्ञापन आह्वान गर्नेछ । सबै प्रक्रिया पुर्याएर ३ जनाको नाम मन्त्रीपरिषदमा लैजाने छ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सेबोनको अध्यक्ष छान्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL