Logo

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु, आनन्दनगर र नौतनवामा पठाईयो २ हजार बोरा सिमेन्ट

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु, आनन्दनगर र नौतनवामा पठाईयो २ हजार बोरा सिमेन्ट



काठमाडौं । आजदेखि अर्घाखाँची सिमेन्टले पनि आफ्नो उत्पादन भारतमा निर्यात सुरु गरेको छ । पछिल्लो समय सिमेन्ट निर्यातमा सरकारले नगद अनुदानको व्यवस्था गरेपछि सिमेन्ट उत्पादकहरुले भारतमा निर्यात सुरु गरेका हुन् । यसअघि पाल्पा सिमेन्टले आफ्नो उत्पादन भारत निकासी गरिसकेको छ ।

laxmi

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत निर्यातमा नगद अनुदानको नयाँ कार्याविधि ल्याउने र सिमेन्ट निर्यात गरे ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको थियो । सोही अनुसार गत शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) सार्वजनिक गरिसकेको छ ।

जसमा यसअघि ३ देखि ८ प्रतिशतसम्म दिने भनिएको नगद अनुदानलाई बढाएर ५ देखि ८ प्रतिशतसम्म पुर्याईएको छ । यसमा सिमेन्ट पनि परेकाले धमाधम सिमेन्ट उत्पादकहरु यसमा आकर्षित भएको देख्न सकिन्छ ।

सोही अनुसार अर्घाखाँची सिमेन्टले पनि सोमबार पहिलोपटक १ सय टन अर्थात २ हजार बोरा पीपीसी सिमेन्ट औपचारिक रुपमा भारत पठाएको हो । कम्पनीले भारतको नौतनवास्थित सिभान्सी एसोसीएटलाई डिलर नियुक्त गरेर आनन्दनगर र नौतनवाका लािग उक्त सिमेन्ट पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL